svg
Post Image
By adminMarch 1, 2023In News

राजनीतिमा योग्यता र क्षमता

काठमाडौं — पंक्तिकार सन् २००८ को जूनमा अमेरिका पुग्दा त्यहाँ राष्ट्रपतिको चुनावको प्रचार-प्रसार जोडतोडले भइरहेको थियो ।

राष्ट्रपतिका उम्मेदवार बाराक ओबामा दिन-प्रतिदिन लोकप्रिय हुँदै गइरहेका थिए । उनले गरेका प्रत्येक भाषणका शब्द–शब्दमाथि चर्चा भइरहेको थियो । अमेरिकालाई अवसरको भूमि पनि भनिन्छ । सम्भवत: त्यसैको चरितार्थ हुँदै थियो । केन्याली मूलका बाबुका छोरा अमेरिकाको राष्ट्रपति हुन त्यति सजिलो पक्कै थिएन । यसको एउटै बाटो हो, अमेरिकामा रहेको उच्च प्रतिस्पर्धी वातावरण । ओबामाले चुनाव जिते ।

क्षमता र दक्षता छ भने जो पनि जहाँ पनि पुग्न सक्छ भन्ने गतिलो उदाहरण हो यो । ओबामाले चमत्कारिक भाषण सन् २००४ मा जोन केरीका लागि गरेका थिए । तत्कालीन समयमा जोन केरी राष्ट्रपतीय निर्वाचनको दौडमा थिए, अहिले उनै जोन केरी ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्रीका रूपमा काम गरिरहेका छन् । सम्भवत: पार्टीभित्र पालो पर्खने परिपाटी भएको भए ओबामा पक्कै पनि अमेरिकाको राष्ट्रपति हुने थिएनन् होला । २००४ कै राष्ट्रपतिको दौडमा रहेका जोन केरी अहिले ओबामाको विदेश मन्त्री हुने थिएनन् होला । ओबामाले आफ्नो दोस्रो कार्यकाल यसै वर्ष अर्थात २०१६ को अन्त्यमा पुरा गरी बिदा लिँदैछन् ।

नेपालका प्रमुख केही राजनीतिक दलभित्र भने आन्तरिक रूपमा आफ्नो नेतालाई चुनौती दिन म गर्न सक्छु, योग्य र सक्षम छु भनेर दाबेदारीसमेत प्रस्तुत गर्ने वातावरण छैन । केही महिनाअघि भएको नेपाली कांग्रेसको महाधिवेशनमा कृष्णप्रसाद सिटौला र गगन थापाले पार्टी सभापति र महामन्त्रीमा उम्मेदवारी दिएर एउटा प्रयोग गर्न खोजे पनि महाधिवेशन प्रतिनिधिले पत्याइहाल्ने अवस्था रहेन ।

तर यो प्रयोगलाई नेपाली राजनीतिमा लागेका सक्षम युवाले गतिलो उदाहरणका रूपमा लिन सक्छन् । र आ–आफ्नो पार्टीभित्र साहस छ भने प्रयोग गर्न पनि सक्छन् । अन्यथा पालो पर्खंदा जाँगर, क्षमता र जोश भएका बेला केही गर्न नपाउने अवस्था छ । आफ्नै स्वास्थ्यको बढी ख्याल गर्नुपर्ने बेला देशको विकास र समृद्धिको ख्याल गर्न गाह्रो हुनेमात्र हैन, असम्भव पनि छ ।

source: https://ekantipur.com/opinion/2016/07/20/20160720075450.html?author=1

 

svgअबको पुनर्निर्माण युवाको नेतृत्वमा
svg
svgरारामा लट्ठिँदा…

Leave a reply