svg
Post Image
By adminMarch 1, 2023In News

‘योङ ग्लोबल लिडर्स २०२०’ को घोषणा, नेपालबाट प्रदिप परियार सम्मानित

काठमाडाैं– समता फाउण्डेसनका कार्यकारी अध्यक्ष प्रदिप परियार यस बर्षको ‘योङ ग्लोबल लिडर्स’बाट सम्मानित भएका छन्। युवा सशक्तिकरण र शान्ति निर्माणको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले परियारलाई योङ ग्लोबल लिडर्स २०२० बाट सम्मान गरेको हो। समता फाउण्डेसनले बुधबार विज्ञप्ती जारी गर्दै परियारको नेतृत्व क्षमता तथा सम्भावनाको कदरस्वरुप मञ्चले सम्मान गरेको जानकारी दिएको छ।मञ्चले हरेक वर्ष संसारका विभिन्न देशहरुबाट योङ ग्लोबल लिडर्स छनौट गर्दै आएको छ। झण्डै एक वर्ष लामो छनौट प्रक्रिया सम्पन्न गर्दै मञ्चले बुधबार योङ ग्लोबल लिडर्स २०२० को घोषणा गरेको हो। यस वर्ष मञ्चले १ सय १५ जनालाई योङ लिडरको रुपमा सम्मान गरेको हो। दक्षिण एसियाबाट सम्मानित हुने ९ जनामध्ये नेपालबाट परियार छनौट भएका हुन्। सम्मान प्राप्त गर्ने सबैलाई निकट भविष्यमा कार्यक्रमको आयोजना गरी सम्मान पत्र प्रदान गरिनेछ। योङ ग्लोबल लिडर्सबाट सम्मानित हुने नेपाली नागरिकहरुमध्ये परियार पाँचौं हुन्। यसअघि आस्मी राणा, आसुतोस तिवारी, छिरिङ लामा र गगन थापा योङ ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए। काँग्रेस नेता थापाले सन् २०१५ मा उक्त सम्मान प्राप्त गरेका थिए। योङ ग्लोबल लिडर्स २०२० बाट सम्मानित हुने परियार झण्डै १८ बर्षदेखि युवाका हक अधिकार, सामाजिक न्याय तथा शान्ति निर्माणको क्षेत्रमा कार्यरत छन्। युवा संस्थाहरुको छाता संगठन, नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षको रुपमा समेत जिम्मेवारी सम्हालेका परियारले उच्च स्तरिय राष्ट्रिय युवा नीति तथा युथ भिजन २०१५ को कार्यदलको सदस्यको रुपमा पनि काम गरेका थिए। युवाको हक अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप परियार नेपाल सरकारबाट सन् २०१५ मा युथ लिडरसिप अवार्डबाट सम्मानित भएका थिए। परियारलाई एसिया सोसाइटी न्युयोर्कले सन् २०१८ मा एसिया ट्वान्टी वन योङ लिडर्सको रुपमा पनि छनौट गरेको थियो। विश्व आर्थिक मञ्चले योङ ग्लोबल लिडर्सबाट सम्मानित हुनेहरुलाई नेतृत्व तहमा स्थापित गराउने उद्देश्यले विभिन्न किसिमका कार्यक्रम तथा गतिविधिहरुमा ५ वर्षसम्म सहभागि गराउने गरेको छ।

svgनेपाली युवा प्रदिप परियारले पाए योङ ग्लोबल लिडर्स अवार्ड
svg
svgस्थानीय तहमा दलित प्रतिनिधित्वको सवाल

Leave a reply