svg
Post Image
By adminMarch 1, 2023In News

प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स’ सम्मान

A
A-
A+

विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदिप परियारलाई योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्डबाट सम्मानित गरेको छ ।

परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् । “युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो”, फोरमद्वारा बुधबार जारी गरिएको वक्तव्यमा भनिएको छ ।

यसअघि सन् २०१५ मा नेपाली कांग्रेसका नेता तथा सांसद् गगन थापाले वाइजिएल अवार्ड पाएका थिए । थापाले त्यसपछि स्वास्थ्य मन्त्रालयको नेतृत्व समेत सम्हालिसकेका छन् ।

मञ्चका संस्थापक क्लाउस् स्वाबले सन् २००४ मा वाईजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरू गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौतीहरू सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो ।

वाइजिएल अवार्ड पाउने युवाको नेतृत्व क्षमता, नवीन सोंच एवं कल्पनाशीलता परिष्करण गर्न विश्व आर्थिक मञ्चले तिनलाई विभिन्न विश्वप्रसिद्ध विश्वविद्यालयमा पढ्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो विचार एवं अनुभव राख्ने अवसर प्रदान गर्दै आएको छ ।

समता फाउण्डेसनको कार्यकारी अध्यक्ष परियारले युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माणका क्षेत्रमा काम गरेका छन् ।

“यो अवार्डले मलाई समावेशीकरण, समता र सामाजिक न्यायको प्रवद्र्धनका लागि झन् दृढ भई अघि बढ्ने प्रेरणा मिलेको छ”, पाँच वर्षसम्म चल्ने वाइजिएल क्लास अफ २०२० मा छनोट भएपछि परियारले भने, “मेरा लागि मात्रै नभएर नेपालको समग्र युवा आन्दोलन र सीमान्तकृत समुदायका लागि पनि यो गौरवको विषय हो ।”

परियारले यसअघि सन् २०१८ मा एसिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए । उनी सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् ।

परियारसँग सोमालिया, म्यान्मार र टिमोर लेस्टेमा युवा र शान्तिनिर्माणका लागि काम गरेको अनुभव पनि छ ।
https://www.himalkhabar.com/index.php/news/112176

svgPrev Post
svg
svgनेपाली युवा प्रदिप परियारले पाए योङ ग्लोबल लिडर्स अवार्ड

Leave a reply